Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
'अन्तिम हिउँ': नेपालबाट आएका स्कूले विद्यार्थीको अस्ट्रेलियालाई सन्देश
20/07/2025 Duración: 10minगत आइतवार, १३ जुलाईमा न्यु साउथ वेल्सको बार्डियामा रहेको नेपाली भाषा विद्यालय, पाठशाला अस्ट्रेलियाले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा भाषा विद्यालयका विद्यार्थीसँगै नेपालबाट आएका काठमान्डू प्रज्ञा कुञ्ज स्कूलका विद्यार्थीहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए। उक्त क्रममा 'अन्तिम हिउँ' शीर्षकको नाटक प्रस्तुत गर्दै नेपालबाट आएका बालबालिकाले भ्यागुताको बिहे गरिदिएर जलवायु परिवर्तन बारे सन्देश दिएका थिए। यसै क्रममा काठमान्डू प्रज्ञा कुञ्ज विद्यालयका विद्यार्थी, नाटकका निर्देशक टङ्क चौलागाईँ र पाठशालाका निवर्तमान अध्यक्ष प्रकाश बस्ताकोटीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Indra Ban’s Australian Story (Part 8): Meeting Nepali Crown Prince Dipendra Shah in Sydney - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ८): युवराज दीपेन्द्रसँग सिड्नीमा भेटघाट
19/07/2025 Duración: 10minIndra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this eighth episode, Indra Ban spoke to SBS Nepali about the visit of Nepal’s then Crown Prince Dipendra Shah to Australia during the 2000 Sydney Olympics. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो आठौं भागमा चाहिँ, इन्द्रा बनले सन् २००० को सिड्नी ओलम्पिकको बेला नेपालका तत्कालीन युवराज दीपेन्द्र शाह अस्ट्रेलिया आउँदा भएका केही रमाइला अनि बिर्सन नसकिने अनुभवहरू बारे एसबीएस नेपालीसँग चर्चा गरेकी छिन्।
-
Six charged over alleged armed robbery in Chermside’s Nepali jewelry store; investigations continue - ब्रिस्बेनको नेपाली गहना पसल लुटपाटका कथित आरोपीहरू पक्राउ परेको क्वीन्सल्यान्ड पुलिसको भनाई
19/07/2025 Duración: 15minDetectives from the Queensland Police charged five men and a teenage boy in relation to the alleged armed robbery of a Chermside business last month. The police allege that on Tuesday, June 10, shortly after 5 pm, a group armed with hammers, metal bars and wearing masks, entered a Gympie Road jewellery store. They also say investigations are ongoing into a potential link to an armed robbery in Lutwyche a month earlier, on Thursday, 8 May. As inquiries continue, anyone with information is asked to contact police on 131 444 or Crime Stoppers on 1800 333 000. Meanwhile, a 52-year-old man has been charged with break and enter offences at a Hurstville shop last week. The NSW Police also states that inquiries are ongoing into an alleged grocery store theft in Granville in June. Nepali community members and business owners have raised concerns with SBS Nepali following these incidents. - गए दुई महिनाको अवधिमा क्वीन्सल्यान्ड तथा न्यु साउथ वेल्समा गरेर कूल चारवटा नेपाली पसलहरूमा कथित चोरी र लुटपाटका घटनाहरू भएका छन्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २० जुलाई २०२५
19/07/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
How is alcohol regulated and consumed in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा मदिरा सेवन बारे कस्ता नियमहरू छन्?
19/07/2025 Duración: 08minIn Australia, alcohol is often portrayed as part of social life—especially at BBQs, sporting events, and public holidays. Customs like BYO, where you bring your own drinks to gatherings, and 'shouting' rounds at the pub are part of the culture. However, because of the health risks associated with alcohol, there are regulations in place. It’s also important to understand the laws around the legal drinking age, where you can buy or consume alcohol, and how these rules vary across states and territories. - अस्ट्रेलियामा रक्सीलाई प्राय सामाजिक जीवनको भागका रूपमा चित्रण गरिन्छ- विशेष गरी खेलकुद कार्यक्रम र सार्वजनिक बिदाका दिनहरूमा। तर रक्सी सेवनले व्यक्ति र परिवारमा पार्न सक्ने गम्भीर हानिका बारेमा पनि बुझ्नु उत्तिकै जरुरी छ। अस्ट्रेलियामा मदिरा नियन्त्रणका लागि जटिल कानूनहरू छन्। यसको आपूर्ति र बेचबिखनसँगै कहाँ र कहिले सेवन गर्न मिल्छ भन्ने कुरा बुझ्नु पनि जरुरी छ। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी अस्ट्रेलियाका राज्य तथा प्रदेश पिच्छे मदिरा सम्बन्धी नियमहरू कसरी फरक छन् भन्ने बारेमा चर्चा गर्दै छौ
-
अस्ट्रेलियाका बालबालिकाहरूलाई ‘सकर’ सिकाउन लागिपरेका एक पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी
18/07/2025 Duración: 10minनेपालको राष्ट्रिय फुटबल टोलिका पूर्व खेलाडी र अस्ट्रेलियामा पनि खेलमा सक्रिय रहँदै आएका जगजीत श्रेष्ठले मेलबर्न, क्यानबरा र एडिलेडमा बालबालिकाहरूलाई फुटबल तालिम दिँदै आएका छन्। विशेष गरी विद्यालय बिदाको समयमा बच्चाहरूलाई ‘ट्रेनिङ’ दिने आफ्नो योजना वर्ष भर नै निरन्तरता दिने लक्ष्य रहेको उनको भनाइ छ। पछिल्लो समय साउथ अस्ट्रेलियाको पारा हिल्स नाइट्स क्लबबाट नेसनल प्रिमियर लीग खेल्दै आएका श्रेष्ठसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Tasmania election 2025: Who are Nepali speakers voting for? - टास्मेनिया निर्वाचन २०२५: नेपालीभाषीको भोट कल्लाई?
18/07/2025 Duración: 09minTasmanian voters are heading to the polls for the fourth time in seven years. Premier Jeremy Rockliff and Tasmanian Opposition Leader Dean Winter are set to go head-to-head in the election on Saturday, July 19. SBS Nepali spoke to Nepali and Bhutanese community members in the island state about their priorities for this election. - टास्मेनियामा पछिल्लो सात वर्षभित्रको चौथो राज्य निर्वाचन शनिवार, जुलाई १९ मा हुँदैछ। सन् २०१४ देखि सत्तामा रहेको राज्यको लिबरल पार्टीका वर्तमान प्रिमियर जेरेमी रक्लिफको प्रमुख प्रतिस्पर्धीका रूपमा टास्मेनियन लेबर पार्टीका डीन विन्टर उठेका छन्। यसपालिको निर्वाचनमा कस्ता प्राथमिकताहरूलाई ध्यानमा राखेर भोट हाल्दै हुनुहुन्छ र नयाँ सरकारबाट रहेका अपेक्षाहरूबारे राज्यका नेपाली र भुटानी समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Weekly Nepali Update: Foreign currency limit raised for Nepalis travelling overseas - साप्ताहिक नेपाल अपडेट: विदेश भ्रमणमा जाने नेपालीहरूलाई अब ३,००० अमेरिकी डलर सटही सुविधा
18/07/2025 Duración: 07minListen to this week’s top stories from Nepal. - नेपाल सरकारले विदेश भ्रमणमा जाने नेपालीहरूले लैजान पाउने रकमको सीमा बढाएर ३,००० अमेरिकी डलर पुर्याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उक्त रकम बढाइएको हो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
-
Causes and consequences: Do we all have the capacity for hatred? - SBS Examines: के हामी सबैमा घृणा गर्ने क्षमता छ?
18/07/2025 Duración: 06minIn this new series, Understanding Hate, we unpack the forces driving division, and ask what it takes to protect social cohesion. - एसबीएस एग्जामिन्सको यो नयाँ अङ्कमा हामीले समाजमा बिभाजन ल्याउने कारणहरु खोतल्दै, समाजिक सद्भाव कायम गर्न आखिर के चाहिन्छ भनेर प्रश्न गर्दैछौँ।
-
सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
18/07/2025 Duración: 05minअस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १९ जुलाई २०२५
18/07/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 18 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १८ जुलाई २०२५
18/07/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १८ जुलाई २०२५
17/07/2025 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १८ जुलाई २०२५
17/07/2025 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
17/07/2025 Duración: 07minइजरेलले सिरियाको राजधानी डमास्कसमा गरेको आक्रमणमा तीन जनाको मृत्यु र दर्जनौँ घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको दाबी, बिटकोइनको मूल्य पहिलो पटक १ लाख २० हजार अमेरिकी डलर भन्दा माथि र टेनिसमा यानिक सिनरले पहिलो पटक विम्बल्डनको उपाधि उचालेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 17 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १७ जुलाई २०२५
17/07/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १७ जुलाई २०२५
17/07/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Seven Nepali community groups in Victoria receive state government grants to celebrate Teej and Gaura Parva - तीज र गौरा पर्वका लागि राज्य सरकारबाट अनुदान पाउने भिक्टोरियाका नेपाली सामुदायिक संस्थाहरू
16/07/2025 Duración: 17minNepali community organisations in Victoria have received funding from the state government to help them organise Teej and Gaura events in the coming months. We spoke to the representatives of the recipient organisations. - भिक्टोरिया सरकारले राज्यभर जुलाईदेखि सेप्टेम्बर भित्र हुन गइरहेका बहुसांस्कृतिक कार्यक्रमहरूका लागि भन्दै १११ वटा संस्थाहरूलाई कूल ७ लाख ८० हजार डलर आर्थिक अनुदान दिएको छ। मल्टिकल्चरल फेस्टिभल्स एन्ड इभेन्ट्स प्रोग्राम र रिजनल मल्टिकल्चरल फेस्टिभल्स एन्ड इभेन्ट्स फन्ड अन्तर्गत आठ वटा नेपाली सामुदायिक संस्थाहरू परेका छन्। यसै सन्दर्भमा एसबीएस नेपालीले क्र्यान्बर्न ज्ञानज्योति पाठशालाका अध्यक्ष प्रेम केसी, दिदी बहिनी समाज भिक्टोरियाकी अध्यक्ष रोशनी श्रेष्ठ, फार वेस्टर्न नेप्लिज सोसाइटी अफ भिक्टोरियाका अध्यक्ष दिप चन्द, मेल्टन नेप्लिज कम्युनिटीका सचिव नारायण दाहाल, जीलङ नेप्लिज एसोसिएसनका अध्यक्ष निरज कारन्जीत, ग्रेटर जीलङ नेप्लिज कम्युनिटीका अध्यक्ष सन्तोष पाण्डे र स्मार्ट हेल्थ ग्लोबल अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मनोज खड्कासँग गरेको कुराकानी सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १७ जुलाई २०२५
16/07/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
फोक्सोको क्यान्सर हुने उच्च जोखिममा रहेका अस्ट्रेलियनहरूका लागि नयाँ कार्यक्रमले दिएको आशा
16/07/2025 Duración: 08minढिलो पहिचान हुने कारणले गर्दा अस्ट्रेलियामा मृत्युको सबैभन्दा ठूलो कारणका रूपमा फोक्सोको क्यान्सर रहेको बताइँदै गर्दा भनिन्छ कि यहाँ यो पाँचौँ सबैभन्दा धेरै बढि पत्ता लाग्ने क्यान्सर हो। गत जुलाई १ देखि भने केही आप्रवासी समुदाय तथा आदिवासी अस्ट्रेलियनहरू सहित सबैभन्दा बढी जोखिममा रहेका व्यक्तिहरूमा फोक्सो क्यान्सर चाँडै पत्ता लगाउने आसाकासाथ एक नयाँ “स्क्रिनिङ प्रोग्राम” वा रोग पहिचान गर्ने जाँच कार्यक्रम सुरू गरिएको छ।