Sbs Nepali -

'हाम्रो पालामा त्यत्ति गीत गाउन पाइँदैन थियो दिउँसो': नेपालमा सङ्गिनी गीतहरूको इतिहास

Informações:

Sinopsis

पूर्वी नेपालको ब्राह्मण समाजमा विगतमा महिलाहरूले सार्वजनिक रूपमा गाउने प्रचलन वा अनुमति थिएन। तर महिलाहरूले काम गर्दै गर्दा, विशेष गरी राती ढिकी-जाँतो गर्दा, सङ्गिनी गाउने प्रचलन थियो, जसमा महिलाका भावना व्यक्त हुने गर्दछन्। सङ्गिनी गीतहरू हाल हराउँदै गइरहेको समयमा इटहरीकी ७१ वर्षीय रमादेवी दाहालले यिनको ज्ञान जोगाएर राखेकी छन्। दाहालसँग एसबीएस नेपालीका लागि सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।