Cin News
३ वर्षमा ४ सयभन्दा धेरै गर्भवतीको उद्धार
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:03:24
- Mas informaciones
Informações:
Sinopsis
कार्यक्रम विस्तारका लागि मन्त्रालयसँग पर्याप्त बजेट नभएकाले अर्थ मन्त्रालयसँग अनुरोध गर्ने तयारी गरिरहेको उहाँको भनाइ थियो । सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागु गरे यता आर्थिक वर्ष २०७५/७६ मा २६ जना, २०७६/०७७ मा ८७ जना, २०७७/०७८ मा १ सय ३ जना, गत आर्थिक वर्ष १ सय ६९ जना र चालु आर्थिक वर्षको हालसम्म १८ जना गरि ४ सय ३ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई सेवामार्फत उद्धार गरिएको छ । लामो प्रशव व्यथा लागेमा वा सुत्केरी तथा गर्भवती अवस्थामा कुनै पनि समस्या देखिएमा स्थानीय सरकारको समन्वयमा मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइको ९८५१२५५२५४, ०१४२००३२८ सम्पर्क गर्न सकिन्छ । यसरी उद्धार गरिएका महिलाको तोकिएका विभिन्न १३ अस्पतालमा उपचार हुने गरेको छ । तर उद्धारका लागि सम्पर्क गर्दा समयमै सेवा नपाएको गुनासो आउन छोडेको छैन ।