Cin News

सातै प्रदेशबाट ४ सयभन्दा बढी विधेयक पारित

Informações:

Sinopsis

प्रदेश सभाहरूले पहिलो ५ वर्षे कार्यकाल सक्नै लाग्दा ४ सयभन्दा बढी विधेयकहरू पारित गरेका छन् । प्रदेशहरूले संविधान बमोजिम आवश्यक पर्ने ४ सय ३६ विधेयक पारित गरेका हुन् । लुम्बिनी प्रदेशले अन्य प्रदेशको तुलनामा धेरै कानुन बनाएको छ । प्रदेशले ७२ वटा विधेयक सभाबाट पारित गरेको छ । मधेस प्रदेशले ६१ वटा विधेयक दर्ता गरेकामा ५५ वटा पारित गरेको छ भने गण्डकी प्रदेशसभामा ६२ वटा विधेयक दर्ता भएकामा हालसम्म ५९ वटा बिधेयक प्रमााणिकरण भइ कार्यान्वयनमा ल्याएको छ । कर्णाली प्रदेश सभामा ६४ वटा विधेयक दर्ता भएकामा ५३ वटा प्रमाणिकरण भएका छन् । ६ वटा विधेयक सभाबाट निर्णय भएर छलफलका लागि विषयगत समितिमा पठाइएको छ भने ४ वटा टेबुल हुन बाँकी छ ।