Cin News
नेपालभरमा चिस्यान केन्द्र कति छन् र किसानले फाइदा लिएका छन् त ?
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:02:51
- Mas informaciones
Informações:
Sinopsis
कोल्ड स्टोर अर्थात् चिस्यान केन्द्र भएपछि किसानले उत्पादन गरेका दैनिक उपभोग्य वस्तुको भण्डारणका लागि सजिलो हुन्छ । लामो समयसम्म उत्पादित वस्तुलाई नविग्रिने गरी राख्नका लागि चिस्यान केन्द्र महत्वपूर्ण हुन्छ । तर मुलुकभरमा किसानले चिस्यान केन्द्रको सुविधा चहिएजति पाएका छैनन् । भएका चिस्यान केन्द्र पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । हाल देशभर साना–ठूला गरी ५० वटा चिस्यान केन्द्र छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभरका ४० वटा चिस्यान केन्द्रले सरकारबाट विद्युत महशुलमा ५० प्रतिशत छुट लिइरहेका छन् । आफ्नो ठाउँमा चिस्यान केन्द्र बनेपछि किसान पनि उत्साही छन् । देश सङ्घीयतामा जानु अघि २०७४ सालसम्ममा तत्कालीन कृषि निर्देशनालयले २४ वटा चिस्यान केन्द्र निर्माणको लागि सिफारिस गरेको थियो । अहिले भने देशभर ४० वटा चिस्यान केन्द्रलाई सरकारले विद्युत महशुलमा ५० प्रतिशत छुट दिइरहेको छ ।