Cin News
विपन्न घरपरिवारको दसैँ के कारणले हुन्छ खल्लो ?
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:02:12
- Mas informaciones
Informações:
Sinopsis
चितवनको खोलेसिमल बजारमा दसैँको चहलपहल छ । किनमेल गर्नेहरूको भीड भएकाले व्यापारीहरूलाई भ्याइनभ्याइ छ । तर बजार छेउको बस्तीमा प्रायः दलित समुदायका नागरिक बस्छन् । बस्तीमा न दसैँको रौनक छ, न किनमेलको उत्साह । कालो त्रिपालले बारेका स–साना टहराहरूमा दसैँले खुसी भन्दा पनि पीडा थपिदिन्छ । पिँढीमा बसिरहनुभएका फुलमाया विकलाई दसैँ नआइदिए हुन्थ्यो जस्तो लाग्छ । चाडबाडको बेला छोराछोरीको निन्याउरो अनुहार देख्दा, मन कुँडिएर आउने उहाँ बताउनुहुन्छ । २०७२ सालको भूकम्पले घर भत्काएपछि जुटपानीमा २९ परिवारलाई नगरपालिकाले टहरा बनाएर राखेको थियो । उनीहरू ७ वर्षदेखि जसोतसो बस्दै आएका छन् । घरखर्चको जोहो गर्न नसक्नेहरूका लागि चाडपर्वको खुसी जुटाउने सामथ्र्य नै नभएको स्थानीय वीरबहादुर विश्वकर्माको भनाइ छ । कालिका नगरपालिका वडा नम्बर ७ का इन्द्रमाया विकलाई पनि अभाव धेरै र आपूर्तिक कम हुने भएका कारण दसैँ पीडा बोकेर आउने पर्व होजस्तो लाग्छ । सात जनाको परिवार छ । घरमा नातीनातिना छन् । दसैँ आयो, मीठो खाने भन्दै पिँढीतिर कुदिरहन्छन् । आम्दानीको स्रोत भनेकै पुख्र्यौली आरन पेशा हो । दुईचार थान फलामका औजार बिक्री भए केटाकेटीका अनुहारमा खुसी छा